नेपाली कांग्रेसले पार्टीको जनसम्पर्क समिति समन्वय विभागलाई विस्तार गरेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको सो विभागमा सदस्य थप गरेर सोमबार पूर्णता दिएका हुन् ।
जनसम्पर्क समिति समन्वय विभागमा वीरेन्द्रकुमार माझी, दिलबहादुर गुरुङ्ग, प्रेमध्वज लामा, जानकीलाल बस्नेत, कुलप्रसाद गुरुङ, नरेन्द्र भाट, साम्राज्यविक्रम पाण्डे, तिलकबहादुर भण्डारी, पेमा निमा शेर्पा, भरत गुरुङ, मनोज मिश्र, सुरज नायक, गिरिराज कुँवर, श्री सापकोटा, लवराज दाहाल, राम श्रेष्ठ, नाचोङ गुरुङ सदस्य मनोनीत भएका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विभाग सदस्यमा विष्णुबहादुर रायमाझी, दिनामणि पाण्डे, कृष्ण सापकोटा, चित्रबहादुर मल्ल, दिलेन्द्र रावल, प्रज्ञान न्यौपाने, भरत अर्याल, जगदीश न्यौपाने, मनोज भण्डारी, बद्री अर्याल, जगदीश पौडेल, नन्दुपुनु नेपाली, सन्तोषप्रसाद रिजाल, शेषकान्त पुरी, जगदीश खाँण, जीवन नेपाल, श्यामप्रसाद उप्रेती थपिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।