इटालियन ओपन टेनिसको उपाधि रोमानियाकी सिमोना हालेपलाई

रोमानियाकी सिमोना हालेपले इटालियन ओपन टेनिसको उपाधि जितेकी छिन् ।

सोमबार इटालीको रोममा भएको फाइनलमा प्रतिद्वन्दी कारोलिना प्लिसकोभाबाट वाकओभर पाएपछि सिमोनाले उपाधि जितेकी हुन् ।

चेक रिपब्लिककी प्लिसकोभाले चोटका कारण वाकओभर दिएकी थिइन् । त्यसअघि हालेपले पहिलो सेट ६–० ले जितेकी थिइन् । यस्तै दोस्रो सेटमा समेत २–१ले अघि रहेकी थिइन् ।

पुरुषतर्फको फाइनल खेल भने हुन बाँकी छ । सो खेलमा विश्व नम्बर एक नोभाक जोकोभिच र अर्जेन्टिनाका डिएगो स्वार्टजम्यान भिड्दै छन् । 





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार २०:५८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया