विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि उचालेका छन् ।
सोमबार राति रोममा भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि उचालेका हुन् ।
सर्बियन जोकोभिचले स्वार्टजम्यानमाथि ७–५ र ६–३ को सेटमा जित निकालेका हुन् । जोकोभिचको यो इटालियन ओपनको पाँचौ उपाधि हो । उनले यसअघि चार पटक इटालियन ओपनको उपाधि हात पारेका थिए ।
जोकोभिच योसँगै सर्वाधिक उपाधि जित्ने खेलाडी पनि बनेका छन् । उनले राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन् । यो कीर्तिमानी जितले आफूलाई गर्वको अनुभूति भएको उनले सुनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।