गर्भमा छोरी भएको आशंकामा श्रीमानले काटे श्रीमतीको पेट !

भारतमा गर्भवती श्रीमतीको पेट काटेको आरोपमा श्रीमान पक्राउ परेका छन् । उत्तर प्रदेशको बदायूं जिल्लाका पन्नालाल गर्भको शिशुको लिंग थाहापाउन हँसियाले श्रीमती अनिताको पेट काटेका आरोपमा पक्राउ परेका हुन् । 

भारतीय संचार माध्यमका अनुसार घाइते श्रीमतीको अहिले दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ । बदायूंका वरिष्ठ प्रहरी अधिकारीले श्रीमतीको पेट काटेको आरोपमा पक्राउ परेका पन्नालालमाथि अनुसन्धान भइरहेको बताएका छन् । 

बदायूं का एक वरिष्ठ प्रहरी अधिकारी संकल्प शर्माले घाइते महिलाका भाइले प्रहरीमा उजूरी दिएपछि पन्नालाललाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको बताए । 

अनिताको माइती पक्षका अनुसार पन्नालालर अनिताका यसअघि  पाँच छोरी छन् । त्यही कारण पन्नालालले गर्भको शिशुको लिंग थाहापाउनका निम्ति आक्रमण गरेको आरोप उनीहरुको छ ।

प्रहरीले अनुसन्धानका लागि भन्दै पक्राउ गरेका पन्नालालले भने आरोपको खण्डन गरेका छन् । उनले रिसको झोंकमा हँसिया फ्याकेको तर गर्भको शिशुको लिंग हेर्ने नियत नभएको बताएका छन् । 

उनले आफ्ना पाँच छोरी भएको र एउटा छोरा गुमाएको स्वीकार गर्दै सन्तान भवानको देन भएकाले आफूले त्यस्तो नगरेको प्रहरीसँग बताएका छन् । उनले श्रीमतीसँग यसअघि पनि झगडा हुने गरेको र झगडाकै क्रममा हँसिया फाल्दा श्रीमतीलाई गम्भीर चोट लागेको स्वीकार गरेका छन् ।
  





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार ६:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया