म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगानलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि गुण्डोगान आइसोलेशनमा छन् । मिडफिल्डर गुण्डोगान १० दिने आइसोलेशनमा रहेको सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कोरोना संक्रमणले उनी प्रिमियर लिग यो सिजनको पहिलो खेलमा अनुपस्थित भएको क्लबले जनाएको छ ।
उनको अनुपस्थितिमै सोमबार राति भएको पहिलो खेलमा सिटीले बुल्भ्सलाई ३–१ ले पराजित गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण गुण्डोगानसँगै प्रिमियर लिगका तीन खेलाडी र पदाधिकारीमा पुष्टि भएको हो ।
यसअघि म्यानचेस्टर सिटीका रियाद महरेज र एयीमेरिक लपोर्टमा कोरोना पुष्टि भएको थियो । आइसोलेशनको समय पूरा गरेर उनीहरु भने प्रशिक्षणमा फर्किसकेका छन् ।
बीबीसीका अनुसार आइतबारसम्म प्रिमियर लिगका १५ सय ७४ खेलाडी र कर्मचारीमा कोरोना संक्रमण भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।