चिनियाँ नाकामा  किन रोकिए सामान ? बाबुरामको चासो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ नाकामा सामान रोकिएको विषयमा चासो राखेका छन् । चीनबाट आयात हुन लागेका २० अर्ब बढी मूल्यका सामान रोकिएको भन्दै बाबुरामले चासो राखेका हुन् । 

उनले ६ महिना बढी समयदेखि कन्टेनर अलपत्र पर्दा चाडपर्वको मुखमा व्यवसायीलाई असुविधा र नोक्सान भएको भन्दै सामाजिक सञ्जालमार्फत् चासो राखेका हुन् । 

‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामानसहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ’, बाबुरामले लेखेका छन् । 

सामाजिक सञ्जालमा संक्रिय बाबुरामले व्यवसायीले हारगुहार गर्दासमेत सरकार कानमा तेल हालेर बसेको भन्दै ट्वीटर मार्फत् आपत्ति जनाएका छन् । 

‘व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन्’, बाबुरामले सरकारलाई प्रश्न गर्दै लेखेका छन्, ‘सरकार किन कानमा तेल हालेर बसेको हो ?’  

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै चिनियाँ नाकामा सामान रोकिएका हुन् ।  व्यवसायिकले सरकार र विभिन्न सरोकारवाला निकायलाई यो विषयमा पटकपटक ध्यानाकर्षण गराइसकेका छन् ।




 



  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार ८:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया