कोरोनालाई हल्का नलिन आइसोलेशनबाट पाइलट विजय लामाको अनुरोध (भिडियोसहित)

नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले कोरोना भाइरस (कोभिड-१९)लाई हल्का रुपमा नलिन अनुरोध गरेका छन्। 

कोरोना संक्रमण पुष्टि भएपछि दुई सातादेखि आइसोलेशनमा बसेका थापाले कोरोनालाई सामान्य रुपमा नलिन सचेत गराउँदै यस्तो अनुरोध गरेका हुन् । 

उनले कोरोनाले ज्यानसमेत लिन सक्ने भएकाले आफ्नो सुरक्षामा नचुक्न सुझाव दिएका छन् । ‘मेरो बिनम्र अनुरोध सबैमा.. बिनित छ । यो कोभिडलाई हल्का नलिनुहोला’, पाइलट लामाले फेसबुकमा लेखेका छन्, ‘आफ्नो सुरक्षामा कतै नचुक्नुहोला ! यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’ 

उनले दुई सातादेखि कोरोनासँगको लडाईंमा आफ्नो स्वास्थ्यमा राम्रो सुधार भऐकोसमते जानकारी दिएका छन् । पाइलट लामाले कोरोना संक्रमणपछि जटिल अवस्था पार गरेको र अब चाँडै डिस्चार्ज हुने आशासमेत व्यक्त गरेका छन् । 

‘एकदम जटिल अवस्थाबाट पार भै पुन स्वास्थ्य बन्दै छु’, लामाले केही दिनमा डिस्चार्ज हुने जानकारी दिँदै भनेका छन्, ‘अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’

लामाले  निको भएर चाँडै उडान भर्ने विश्वास व्यक्त गरेका छन् । आइसोलेशनबाटै उनले विदेशमा रहेका नेपाली फर्काउने र राष्ट्रप्रति समर्पित हुने प्रणसमेत गरेका छन् । ‘धन्यवाद अनि मुटु भरीबाट आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि’, लामाले भनेका छन्, ‘चाँडै उडान भर्नेछु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु ।  अनि राष्ट्रप्रति समर्पित हुनेछु पुन ।’



अहिले शरीरमा कमजोरी नभएको र लक्षण पनि नदेखिएको उनको भनाइ छ । चिकित्सकले इन्फेक्सन घटेको बताएको उनले उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् नै उपचारमा संलग्न स्टार अस्पतालका सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन् ।   




  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १०:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया