सचिवालय बैठकअघि, प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्नु अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद्का लागि मन्त्रीहरु आउने क्रम जारी रहेको केही बेरमै बैठक सुरु हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सोमबार १ बजेका लागि बोलाइएको पार्टी सचिवालय बैठक मंगलबार १२ः३० मा बस्ने गरी सारिएको थियो । आजको सचिवालय बैठकले मन्त्रीहरु हेरफेरका विषयमा टुंगो लगाउने तयारी गरेको छ । यसबारे गृहकार्यका लागि अध्यक्षद्वय ओली र प्रचण्डले सोमबार छलफल गरेका थिए ।

आइतबार पार्टी कार्यालय पेरिसडाडाँमा पार्टी सचिवालय बैठक बसेको भएपनि आजको बैठक बालुवाटारमा बस्दैछ, पेसिरडाँडामा बढी भीडभाड भएकाले बालुवाटारमै बैठक बस्ने निर्णय भएको नेकपाका एक नेताले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १०:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया