मातहतका समस्या बुझ्न आइजिपी खनाल फिल्डमा

आफ्ना कर्मचारीको पीर मर्का  र  फिल्डमा भइरहेका काम बारे बुझ्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दुई नम्बर प्रदेश निरीक्षणमा छन् । सप्तरीबाट निरीक्षण सुरु गरेका खनालले सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोस्ट तथा कोरोना संक्रमण नियन्त्रण गर्न स्थापना गरिएका फर्वाड बेसहरुको समेत निरीक्षण गरेका छन् ।  

संगठन प्रमुखबाट तल्ला दर्जाका कर्मचारीसँग प्रत्यक्ष भेटेर उनीहरुको समस्या सुन्ने , कसरी ड्युटी परिचालित छन् भनेर बुझ्ने र उनीहरुको हौसला बढाउने कार्य भएको सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले जनाएको छ । 

निरीक्षणका क्रममा महानिरीक्षक खनालले विषम परिस्थितिमा राष्ट्रको सेवामा खटिनु पर्ने आफ्नो कर्तव्यलाई नभुल्न र राज्यले दिएको जिम्मेवारी उच्च अनुशासन, नैतिकता र इमानदारिताका साथ त्रुटिरहित ढंगले पूरा गर्न निर्देशन दिएका थिए । त्रिपाल मुनि बसेर ड्युटी गरिरहेका कर्मचारीलाई प्रत्यक्ष भेटेर सुख दु:ख साट्न आएको उनले बताएका थिए । 

यस्तो परिस्थितिमा संगठन प्रमुख आफ्ना कर्मचारीको मनोबल उच्च बनाउन प्रत्यक्ष फिल्डमा खटिँदा र अगाडि उभिएर आफ्ना कुरा भन्न पाउँदा गर्वको अनुभुति भएको कर्मचारीको भनाइ छ ।





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार ११:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया