नेविसंघका तीन कार्यकर्ता पक्राउ

नेपाल विद्यार्थी संघ (नेवि संघ) का तीनजना कार्यकर्ता त्रिभुवन विश्वविद्यालय परिसरबाट पक्राउ परेका छन् । त्रिविअगाडि प्रदर्शनका क्रममा प्रहरीले नेवि संघका कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा र रुपेश शाह रहेको केन्द्रीय महासचिव बलदेव तिमल्सिनाले जानकारी दिए । नेवि संघले विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएको छ ।

विश्वविद्यालयमा व्याप्त विकृति, विसंगति, बेथिति, भ्रष्टाचारसँगै विश्वविद्यालयलाई नेकपाका कार्यकर्ताहरूको भर्तीकेन्द्र बनाउने र कब्जा गर्ने दूषित मनसायविरुद्ध नेवि संघ त्रिवि समितिले गरिरहेका र गर्ने सबै प्रकारका शान्तिपूर्ण प्रदर्शन र गतिविधिमा केन्द्रीय कार्यसमितिको ऐक्यबद्धता रहेको तिमल्सिनाले जनाए ।





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १२:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया