राप्रपाको एकता महाधिवेशन आगामी बैशाखमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो निर्वाचन चिन्ह गाई औपचारिक रुपमै छाडेको छ । राप्रपाको कार्यसम्पादन समिति मंगलवार सम्पन्न बैठकले  गाईको स्थानमा चुनाब चिन्ह हलो तय गर्ने निर्णय गरेको हो । 

बैठकले पार्टीको झण्डामा भने गाई नै राख्ने निर्णय गरेको छ । योसँगै चुनाब चिन्हबारे ६ महिनादेखि रहँदै आएको विवाद टुंगिएको छ । राप्रपाको एकता महाधिवेशन २०७८ वैशाख २५ देखि २८ सम्म आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।  

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच आइतवार नै चुनाब चिन्ह हलो राख्ने सहमति भएको थियो, जसलाई थापा नेतृत्वको पूर्व राप्रपा समूहले सोमवार अनुमोदन गरेको थियो । 

यसअघि राप्रपाको चुनाब चिन्ह गाई थियो भने राप्रपा संयुक्तको हलो थियो । राप्रपाको झण्डा, अन्तरिम विधानमा टेकेर गत फागुन २४ मा पार्टी एकता गर्ने समझदारी गरे पनि उनीहरुले ६ महिनाभित्र उपयुक्त निकायबाट चुनाब चिन्ह टुंग्याउने सहमति गरेका थिए । 

एकतापछि केन्द्रीय समिति बैठकले फागुन १९ मा चुनाब चिन्ह गाई हुने निर्णय गरेको थियो । जसलाई राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले विरोध गरेका थिए भने स्थानीय तहको निर्वाचनपछि पशुपति शमशेर राणाले २२ साउन २०७४ मा राप्रपा प्रजातान्त्रिक नामक बेग्लै दल दर्ता गरेका थिए । 
 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १४:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया