एन्फाले अन्तर विद्यालय फुटबल लिग गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपत्यकाका तीन तथा काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयहरूलाई समेटर अन्तर विद्यालय फुटबल लिग सञ्चालन गर्ने भएको छ । 

एन्फाले मङ्गलबार एक सूचना निकाल्दै मङ्सिरको दोस्रो साताबाट यी क्षेत्रका विद्यालयलाई समेट्दै ‘अन्तर विद्यालय फुटबल लिग ’। सञ्चालन गर्ने तयारीमा रहेको जनाएको हो । 

एन्फाले विद्यालयस्तरबाट नै युवा फुटबलको विकास तथा विस्तारका लागि यही वर्षदेखि यु–१५ अन्तर विद्यालय फुटबल लिग सञ्चालन गर्न लागेको बताएको छ । 

प्रतियोगितामा सहभागी हुन एन्फाले राखेका सर्तहरू

विद्यालयको आफ्नै खेल मैदान (मैदानको चौडाइ ३५ देखि ५० मिटर र लम्बाइ ७० देखि १०० मिटरको) हुनुपर्ने ।  

विद्यालयको आफ्नै यु–१५ टिम हुनुपर्ने तथा टिममा २३ देखि ३० जनासम्म युवा खेलाडी हुनुपर्ने ।



विद्यालयको टिममा न्यूनतम एएफसी ‘सि’ (लाइसेन्स) कोचिङ सर्टिफिकेट कोर्स पूरा गरेको प्रशिक्षक हुनुपर्ने ।

विद्यालयको खेल मैदान होम गेम गराउन योग्य भएको हुनुपर्ने । 



इच्छुक विद्यालयहरूले यी सर्तहरू पूरा गरेर सूचना प्रकाशित भएको १५ दिन भित्रमा एन्फा सचिवालयमा आवेदन दिन सक्नेछन् ।


 

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १४:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया