आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा टुंगो लगाउने भने पनि यसबारे केही छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकपछि प्रतिक्रिया दिँदै श्रेष्ठले आजको बैठकमा संवैधानिक नियुक्ती र पार्टी एकीकरणका बाँकी कामबारे छलफल भएको जानकारी दिए ।
‘जतिसक्यो छिटो संवैधानिक परिषद्को बैठक बोलाई लामो समयदेखि रिक्त रहेका संवैधानिक पदहरुमा पदपूर्ति गर्ने प्रधानमन्त्रीलाई आग्रह गरेका छौं ।’ श्रेष्ठले भने ।
पार्टी एकीकरणका बाँकी कामका सम्बन्धमा अध्यक्षद्वय र महासचिवले प्रस्ताव तयार पार्ने र त्यसलाई सचिवालय बैठकमा पेस गरी छलफल गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार छलफलमा क्रममा रहेका अन्य विषयमा भने दुई तीन दिनभित्र अर्काे बैठक बसी टुंगो लगाउने निर्णय भएको छ।
स्थायी समितिको निर्णय कार्यान्वयन गर्ने, सरकारको कामलाई व्यवस्था र प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भयो । ‘पार्टी एकतालाई बाबजुद बनाउने सन्दर्भमा सकारात्मक र सौहार्दपूर्ण छलफल भयो।’
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आइतबार भएको भन्दा बढी कुनै छलफल नभएको श्रेष्ठले प्रष्ट्याए ।
गत आइतबार पेसिरडाँडामा बसेको नेकपा सचिवालय बैठक सोमबार पवनि बैठक गर्ने निर्णय गरेको थियो । आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले बैठक मंगलबारका लागि सारेका थिए ।
मंगलबारको बैठकअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका आजको बैठकले मन्त्री परिवर्तनका विषयमा टुंगो लगाउने अनुमानमा थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।