बजारमा २२ अंकको पहिरो, कारोबार रकममा भने सुधार

सोमबारदेखि सुरु भएको नेप्सेको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन सामान्य घटेको नेप्से परिसूचकमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै घट्न सुरु गरेको परिसूचक अन्तमा २२ दशमलव ९१ अंकले घटेर १५४६.१५ मा पुगेको छ । 

दोहोरो अंकले घटेको बजारमा नेप्से परिसूचक १५५० अंक भन्दा तल पुगेको छ । बजारमा सबै समूहका परिसूचक ओरालो लाग्दा मंगलबार करिब २३ अंकको गिरावट आएको हो ।

बजारमा सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक घटेको छ । सो समूहको परिसूचक ११२ अंकले घट्दा जीवन बीमा समूहको परिसूचक पनि १०९ अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा उच्च गिरावट आउने कम्पनीहरूमा जलविद्युत् समूहका कम्पनी रहेका छन् । अघिल्लो हप्ता बढेको जलविद्युत् कम्पनीको सेयर यस हप्ता सोही अनुरुप गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार सो समूहको परिसूचक २२ अंकले घट्दा विकास बैंक समूहको परिसूचक पनि ४० अंकले ओरालो लागेको छ ।

 यसैगरी बजारमा उत्पादनमूलक ३५, माइक्रोफाइनान्स २३, फाइनान्स समूह १२ अंकले घटेको छ । अघिल्लो हप्तासम्म बढिरहेको होटल समूहको परिसूचकमा पनि १५ अंकको गिरावट आएको छ ।



दिनभर बजारमा २ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । १९९ कम्पनीको ७ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधार भने शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा अगाडि छ । कम्पनीको ३१ करोड ९४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
 



  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १५:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया