आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः मन्त्री भट्टराई
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । आङरिता शेर्पाको निधनप्रति पर्यटनमन्त्री भट्टराईले आज शोक विज्ञप्ति जारी गर्दै नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन स्व. शेर्पाले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन् ।

मन्त्री भट्टराईले हिमचितुवाका नामले सुपरिचित कीर्तिमानी आरोही शेर्पाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् । आङरिता शेर्पाको सोमबार बिहान ११ बजे जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको थियो । 
    
कृत्रिम अक्सिजनको सहयोगविना १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पालाई नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७७ आश्विन ६ गतेको निर्णयानुसार उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सन्देशमा भनिएको छ ।





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार २०:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया