बली चढाउन भारत लैजान लागिएको आशंकामा किशोरीको उद्धार

सुनसरीकी १७ वर्षीया एक किशोरीलाई बली चढाउन भारत लैजान लागेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । उनलाई विराटनगरमा पर्ने इस्लामपुरको बाटो हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको हो । 

घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका रहेको मोरङ प्रहरीले बताएको छ । किशोरीलाई भारत लैजाने काममा संलग्न तीजना पक्राउ परेका छन् । 

सप्तरी विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरी रामधुनी ५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल पक्राउ परेका हुन् । 

घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको मोरङ प्रहरीले जानकारी दिएको छ । 






  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार २०:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया