फलफूल–सब्जी कति खाने ? डब्लूएचओकाे मापदण्ड यस्ताे छ

एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वको कमीले मुटु, मधुमेह र अन्य प्रकारका गैरसंक्रमक रोगलाई बढावा दिन्छ ।

इन्डियन जर्नल फर मेडिकल रिसर्च (आइजेएमआर)मा प्रकाशित नेसनल इन्स्टिच्युट अफ न्युट्रिसियन हैदराबादका वैज्ञानिक कमला कृष्णस्वामी र राजगोपाल गायत्रीको रिपोर्टका अनुसार, दैनिक ४०० ग्राम सब्जी एवं फलफूलको सेवन गर्नाले मधुमेहको खतरा २४ प्रतिशत, नसामा रगत जम्ने खतरा ११ प्रतिशत तथा हुदयाघातको खतरा ११ प्रतिशतले कम हुन सक्छ । 

रिपोर्टका अनुसार, विश्वका शीर्ष वैज्ञानिक संस्थाको अध्ययनमा फलफूल–सब्जीको सेवनमा भएको कमीलाई लिएर चिन्ता बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) खानामा फलफूल र सब्जीको मात्रा ४०० ग्राम तय गरेको हो । 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार २३:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया