बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज एथ्लेटिको मड्रिड जाने

बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेज स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन्। बार्सिलोनाले स्वारेजलाई स्वतन्त्र मूल्यमा प्रतिस्पर्धी टिममा जान अनुमति दिएको हो। 

स्वारेज पासपोर्ट सम्बन्धी झमेला भएपछि इटालियन सिरी ए क्लब युभेन्टससँग जान सकेका थिएनन्। युभेन्टससँगको सम्झौता प्रयास पासपोर्टका कारण असफल भएपछि पारिश्रमिक घटाएर स्वारेज एथ्लेटिको मड्रिड जाने भएका हुन्।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले स्वारेजलाई कुनै पनि शीर्ष क्लबमा नजानु भनेर रोक लगाएपछि उनी तनावमा थिए। अध्यक्षको यस्तो चेतावनीपछि स्वारेजलेसमेत मिडियामा जाने चेतावनी दिएका थिए।

उनको चेतावनीपछि स्वारेजका प्रतिनिधि र अध्यक्ष बार्तोमेउबीच छलफल भएको थियो। त्यसपछि अध्यक्ष बार्तोमेउले स्वरेजलाई एथ्लेटिकोमा जान दिन तयार भएका हुन्। 

६ वर्षसम्म बार्सिलोनाबाट खेलेका स्वारेजले २८३ खेलमा १९८ गोल गरेका छन्। अब स्वारेजका लागि एथ्लेटिकोले बार्सिलोनालाई चार मिलियन यूरो तिर्नेछ। 
 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार ६:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया