निर्देशक अनुरागसँग नाम जोडिएपछि अभिनेत्री हुमाले गरिन् आफ्नो बचाऊ

भारतीय निर्देशक अनुराग कश्यममाथि लागेको यौन उत्पीडनको आरोपमा आफ्नो नाम जोडिएपछि अभिनेत्री हुमा कुरैशीले त्यसको खण्डन गरेकी छन् ।  अभिनेत्री कुरैशीले ट्वीटरमा यस विषयको खण्डन गरेकी हुन् । उनले आफ्नो अनुभव र जानकारीमा अनुराग कश्यपले कसैसँग पनि गलत व्यवहार नगरेको दाबी गरेकी छन् । 

उनले आफूले अनुरागसँग काम गरेको र उनी प्यारो साथीसँगै प्रतिभाशाली निर्देशक भएको उल्लेख गरेकी छन् । अनुरागले कसैसँग पनि गलत व्यवहार नगरेको उनको दाबी छ । 

‘अनुराग र मैले अन्तिम पटक सन् २०१२/१३ मा काम गरेका थियौं । उनी मेरो प्यारा साथी हुन् र निकै प्रतिभाशाली निर्देशक’, उनले ट्विटरमा लेखेकी छन्, ‘मेरो अनुभव र जानकारीमा उनले कसैसँग पनि गलत व्यवहार गरेका छैनन् ।’ 

उनले कसैले आफूमाथि शोषण भएको दाबी गरेको भए उसले प्रहरी, न्यायलय र सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने बताएकी छन् । 

मंगलबार अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपकी दुई पूर्व–पत्नीले अनुरागको साथ दिँदै इन्टाग्राममा स्टाटस लेखेका थिए । 

पायल घोषले अनुराग कश्यपले आफूलाई जबरजस्ती गरेको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षाको लागि मद्दत गर्न माग गर्दै ट्वीट गरेकी थिइन् । 



‘अनुराग कश्यपले मसँग जबरजस्ती गरे । नरेन्द्र मोदीजी तपाईसँग अनुरोध छ । उनलाई कारवार्ही गर्नुहोस् र देशलाई के भएको हो भन्नेबारेमा जानकारी दिनुहोस्’, उनले लेखेकी छन्, ‘मैले यो भन्नु मेरो सुरक्षाको लागि खतरा छ, मेरो मद्दत गर्नुहोस् ।’

अनुरागले आफ्नो अगाडि ऋचा चड्ढा, माही गिल र हुमा कुरैशी लगायतका अभिनेत्री लगायतसँग यौन सम्पर्क राखेको पनि पायलले बताएकी थिइन । तर ऋचाले पायल घोषलाई गलत तरिकाले आफ्नो नाम जोडेको भन्दै कानुनी रुपमा अघि बढेको ट्वीटरमार्फत जानकारी दिएकी छिन् । अनुरागले पनि यो आरोपको खण्डन गरेका छन् । 



यही आरोपमा अनुरागकी दुई पूर्व–पत्नीले अनुरागको साथ दिएका हुन । उनीहरुले इंस्टाग्राममा अनुरागको साथमा आफूहरु रहेको बताएका हुन् । 

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार ११:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया