निर्देशक अनुरागविरुद्ध बलात्कार उजुरी दर्ता

निर्देशक तथा निर्माता अनुराग कश्यपविरुद्ध बलिउडकी एक अभिनेत्रीले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै मुम्बई प्रहरीमा उजुरी दिएकी छिन् । पीडित अभिनेत्रीका वकिलले उनीमाथि कश्यपले नराम्रो व्यवहार गरेको भन्दै उजुरी दिइएको हो । 

भारतीय मिडियाले अगस्ट २०१३ मा यो घटना भएको उल्लेख गरेका छन् । त्यति बेला यी अभिनेत्रीले काम खोजिरहेको र उनी अनुरागको सम्पर्कमा आउँदा अनुरागले उनीमाथि दुव्र्यवहार गरेको बताइएको छ । 

पहिले आफ्नै कार्यालयमा बोलाएर पछि घरमा खाना खान बोलाएर अनुरागले दुष्कर्म गरेको उनीहरुले आरोप लगाएका छन् । यो उजुरी परेसँगै प्रहरीले यस विषयमा अनुसन्धान गर्न अनुरागलाई पक्राउ गर्न सक्नेछ ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १२:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया