सैनिक महाविद्यालयका पूर्व विद्यार्थीको तातो खाना अभियान

पोखरास्थित सैनिक आवासीय महाविद्यालयको पहिलो ब्याजका विद्यार्थीहरुले तातो खाना अभियान सञ्चालन गरेका छन् । 
महाविद्यालयबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीको समूहले  अभियान अगाडि बढाएको हो ।
 अभियानको  पहिलो चरण अन्तर्गत ‘हितेरी’ नामक संस्थासँगको सहकार्यमा गर्दै ललितपुरको महालक्ष्मीस्थानमा दैनिक १ सय जनालाई तातो खानाको व्यवस्था गरेको समूहका एक सदस्यले बताए ।
असोज ५ देखि जारी अभियानको पहिलो चरण आगामी १० गते (शनिबार) सम्म सञ्चालन हुने र कार्यक्रम अवधिभर ६ सय जनाका लागि खाना खुवाइने बताइएको छ । 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १३:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया