प्रधानमन्त्रीका प्रेस सल्लाहकारले कुलमानका समर्थकलाई भने– एक पाखे

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकलाई ‘एक पाखे’ समर्थक दिएका छन् । 

कुलमान घिसिङको पदावधि सकिएपछि नेपाल विद्युत् प्राधिकरणमा उनको नेतृत्व नै फेरि ल्याउनु पर्छ, उनलाई नै पुनर्नियुक्ति दिनुपर्छ भनेर बाटोमा निस्किएका मानिसहरुलाई उनले एक पाखेको संज्ञा दिएका हुन् । 

पत्रकार ऋषि धमालाको कार्यक्रममा थापाले यस्तो बताएपछि अहिले सामाजिक सन्जालमा उनको क्लिप पूरै भाइरल भइरहेको छ । अन्तर्वार्तामा धमालाले कुलमानले त लोडसेडिङ अन्त्य गरे, उनलाई त नेपालीले भगवान नै मानिरहेका छन् नि भन्ने आशयको प्रश्न सोधेका थिए । ‘कुलमानलाई मात्र समर्थन गर्नेहरु पाखे हुन्, उनीहरुले एकतर्फी मात्र उहाँलाई समर्थन गरेका छन्,’ थापाले जवाफमा धमालालाई यस्तो प्रत्युत्तर दिएको भिडियो अहिले भाइरल भएको हो ।

उनले कुलमानले दृढता प्रदर्शन गरेको भए र कार्य प्रदर्शन नगरेको भए नेपालमा लोडसेडिङ अन्त्य नहुन सक्ने पनि बताएका छन् । ‘जनताले सरकारलाई धन्यवाद दिएका छन्, कुलमानजीलाई पनि धन्यवाद दिएका छन्,’ सूर्य थापाले भने, ‘सामाजिक सन्जालमा मनपरी लेख्नेहरु, सरकारलाई मन नपराउनेहरुले  कुलमान घिसिङलाई समर्थन गरिरहेका छन् ।’

थापाले अन्तर्वार्तामा कुलमानले घिसिङले बिदाइमा दिएको अभिव्यक्ति हेर्न पनि अनुरोध गरेका छन् । 

‘कुलमान पनि मान्छे हो, भगवान होइनन्,’ थापाले भने, ‘कुलमानलाई भगवान भन्नेहरु एक पाखे हुन्, उहाँहरुको यो सन्तुलित विचार होइन ।’



 



  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १३:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया