थापाथलीबाट ५२ रूपैयाँ किलोमा प्याज बेच्दै खाद्य व्यवस्था कम्पनी

बजार अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने भएको छ ।

विभागको बजार अनुगमन टोलीले हालै बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब १२ सय किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो ।

काठमाडौं उपत्यकाका तरकारी बजारमा प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा उक्त स्थानमा लुकाएर राखिएको प्याज भेटेपछि प्रहरी प्रशासनको सहयोगमा बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो ।

बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मंगलबार उद्योग मन्त्रालयले खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिने निर्णय गरेको थियो । 

व्यापारीले ५२ प्रतिकिलोका दरले प्याज किनेको भेटेपछि सोही मूल्यमा कम्पनीलाई बिक्रीको जिम्मा दिइएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । 

मन्त्रालयमा भएको निर्णयअनुसार नै व्यापारीले किनेको मूल्यमा नै कम्पनीलाई बिक्रीको जिम्मा दिइएको हो ।



मंगलबार अबेरमात्र मन्त्रालयले निर्णय गरेकाले कसरी बेच्नेबारे निर्णय गरी बिहीबारदेखि प्याज विक्री गरिने  प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । 

प्रतिव्यक्ति ३ किलोका दरले थापाथलीस्थित खाद्य संस्थानको विक्री केन्द्रबाट विक्री गरिने उनले जानकारी दिइन् ।



  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १४:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया