मुम्बईसँगको खेलबाट आइपिएल सुरु गर्दै कोलकाता
फाइल फोटो

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार हुने खेलमा कोलकाता नाइटराइडर्स तथा साबिक विजेता मुम्बईबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे अबुधावीस्थित शेख जायद रंगशालमा हुनेछ ।

यो सिजनको आइपिएलमा पहिलो खेल खेल्न लागेको कोलकाता जित निकाल्दै सुखद् सुरुवात गर्ने दाउमा हुनेछ भने पहिलो खेलमा चेन्नइ सुपरकिंग्ससँग ५ विकेटको पराजय बेहोरेको मुम्बई पनि जित निकाल्दै अघिल्लो हारलाई भुलाउने प्रयासमा हुनेछ । 
यी दुईबीच हालसम्म भएका खेललाई हेर्ने हो भने मुम्बई बलियो स्थितिमा छ । हालसम्म यी दुई टोलीले २५ खेलमा प्रतिस्पर्धा गर्दा मुम्बईले १९ तथा कोलकाताले ६ खेलमा जित हात पारेका छन् । 
पछिल्ला पाँच खेलको नतिजा पनि मुम्बईकै पक्षमा छ । पछिल्ला पाँचमध्ये मुम्बईले ४ खेलमा जित हात पार्दा कोलकाताले मात्र १ खेल जितेको छ ।
दिनेश कार्तिकको कप्तानीमा मैदनमा उत्रिने कोलकताको ब्याटिङ र बलिङ दुबै पक्ष बलियो छ ।  
कोलकाताको ओपनिङ टोम बेनटन तथा शुभ्मन गिलले गर्ने सम्भावना छ । यदि सुनिल नारायण फिट भएको खण्डमा टोम बेनटनको स्थानमा उनले मौका पाउने छन् ।
मध्यक्रम कप्तान दिनेश कर्तिक, नितेन राना, आन्द्रे रसेल तथा इयन मोर्गानले सम्हाल्ने छन् । बलिडङमा प्याट कमिंस, कुलदीप यादव, शिव्म माभी, प्रशिद्ध कृष्ण आउनेछन् । कोलकाताले आज कमलेश नगरकोटी र सन्दीप बारियर्समध्य एकलाई मौका दिन सक्छ । 
रोहित शर्माको कप्तानीमा मैदानमा उत्रने मुम्बईको पनि ब्याटिङ र बलिङ दुबै पक्ष बलियो छ । तर, पहिलो खेलमा उसको बलिङ केही धर्मराएको थियो । आज नाथन कुल्टर नाइल फिट भएमा उनले जेम्स प्याटिनसनको स्थान लिने छन् । 
मुम्बईको ओपनिङमा कप्तान रोहित शर्मा तथा क्विन्टन डि कक आउनेछन् ।  मध्यक्रम सौरभ तिवारी, सूर्यकुमार यादब, काइरन पोलार्डले सम्हाल्ने छन् ।
मुम्बईले आजको खेलमा अलराउन्डरका रूपमा हार्दिक पाण्डेय तथ कुर्नाल पाण्डेयलाई खेलाउने सम्भावना छ । बलिङमा टे«न्ट बोल्ट, जस्प्रित बुम्राह, राहुल चाहार आउनेछन् । 
दुबै टिम पावर हिटर तथा उत्कृष्ट बलिङ लाइन अप भएकाले आजको खेल निकै रोमञ्चक हुने अनुमान लगाउन सकिन्छ । 

 


 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १४:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया