नेप्से बढ्दा कारोबार रकम घट्यो

विगत दुई दिनदेखि ओरालो लागेको बजार बुधवार भने ९ दशमलव ३७ अंकले  उक्लिएको छ । सोमवार ६ दशमलव १२ अंक र मंगलवार २२ दशमलव ९१ अंक बजार घटेको बजार बुधवार १५ सय ४३ दशमलव ३७ विन्दुदेखि खुला भएको थियो ।

यस दिन १५ सय ३४ दशमलव ७१ विन्दुसम्म झरेको बजार अन्तिमममा १५ सय ५५ दशमलव ५२ विन्दुमा पुगेर बन्द भएको हो ।बुधबार  १९४ ओटा कम्पनीको ४१ हजार ६२० पटकको व्यापारमा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार बराबरको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १९४ ओटा कम्पनीमध्ये शिखर इन्स्योरेन्सको सर्वाधिक रकमको सेयर खरिद विक्री भएको छ ।

उक्त कम्पनीको यो दिन रू. १० करोड ८५ लाख ९८ हजार बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको सेयरमूल्य पनि प्रतिकित्ता १४ रुपैयाँले बढेर अन्तिम मूल्य रू. १ हजार ३४९ कायम भएको छ । यो दिन बजार बन्द हुँदा होटल समूह बाहेक अन्य ११ ओटा समूहको परिसूचक बढेको छ । बुधवार होटल समूहको परिसूचक १ दशमलव ३६ प्रतिशत घटेको हो ।

यस दिन जलविद्युत् कम्पनीका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । जलविद्युत् समूहको परिसूचक २ दशमलव ८ प्रतिशत बढेको छ । समूहगत परिसूचक सर्वाधिक बढेको बुधवारको कारोबारमा ९ प्रतिशतभन्दा सेयरमूल्य बढ्ने सबै कम्पनी जलविद्युत् कम्पनी रहेका छन् ।

बुधवार अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ९ दशमलव ७६ प्रतिशत, माउण्टेन हाइड्रो नेपाल लिमिटेडको ९ दशमलव ७१ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ४५ प्रतिशत, युनियन हाइड्रोपावर लिमिटेडको ९ दशमलव ३० प्रतिशत र दिव्यश्वरी हाइड्रोको ९ दशमलव २१ प्रतिशत सेयरमूल्य बढेको हो । यो दिन सूचीकृत ३४ ओटामध्ये ३२ ओटा जलविद्युत् कम्पनीको सेयरमूल्य बढेको छ ।

लिवर्टी इनर्जी र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य भने घटेको छ । बुधवारको कारोबारमा वित्त समूहको परिसूचक १ दशमलव ६४ प्रतिशत, विकास बैंकको १ दशमलव २६ प्रतिशत, बैंकिङ्को शून्य दशमलव १५ प्रतिशत, व्यापारिक समूहको शून्य दशमलव ५६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७६ प्रतिशत, अन्यको शून्य दशमलव ७४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ९८ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २४ प्रतिशत परिसूचक बढेको छ ।



यस दिन गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक ३ दशमलव ५७ प्रतिशत घटेको छ । बुधवार रू. १४१ मा खुलेको उक्त कम्पनीको सेयर कारोबारमा अधिकतम रू. १४२ र न्यूनतम रू. १३१ सम्ममा कारोबार भई अन्तिम मूल्य रू. १३५ कायम भएको छ ।
 



  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १६:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया