भारतीय मिडियाले भने– चीनले नेपाललाई साथी बनायो अनि जमिन हडप्यो

चीनले नेपाललाई पहिले साथी बनाएर अहिले नेपालको जमिन नै कब्जा गरेको प्रतिक्रिया भारतीय मिडियामा आउन थालेको छ । चीनले साथी बनाएको नेपाललाई पनि नछोडेको भारतीय मिडिया लाइभहिन्दुस्तानले लेखेको हो । 

‘साथीको नाटक गरेर चीनले नेपाललाई नजिक बनायो अनि नेपालकै जमिन कब्जा गरेर ११ भवन बनाएको छ,’ भारतीय मिडियामा आएको समाचारमा लेखिएको छ, ‘यसका कारण नेपाल सरकार अहिले समस्यामा परेको छ ।’

नेपाली मिडियामा आएको समाचारलाई उद्धृत गर्दै यो मिडियामा लेखिएको छ, चीनले सीमावर्ती जिल्ला हुम्लाको एक हिस्सामा ११ भवन बनाएको हो । यो क्षेत्रलाई नेपालले आफ्नो दाबी गर्दै आएको र यहाँको एक बोर्डर पिलर पनि गायब भएको भारतीय मिडियामा समाचार आउन थालेको छ ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले यसबारे भनेका छन्, ‘चिनियाँ पक्षले भवन बनाएको यो क्षेत्रलाई आफ्नो दाबी गरेको छ । तर, यो नेपालको क्षेत्र हो ।’ आइतबार यो ठाउँमा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि पुगेको भारतीय मिडियाको दाबी छ ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १७:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया