\


डा. केसीसँग तुरुन्त वार्ता गरी माग पूरा गर्न प्रतिपक्षी कांग्रेसकोे सरकारलाई आग्रह
फरकधार / ७ असोज, २०७७
यो सामग्री सेयर गर्नुहोस्

चिकित्सा शिक्षा सुधारको माग गर्दै १९औँ अनशनमा रहेका डा. गोविन्द केसीसँग तुरुन्त वार्ता गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ । बुधबार ११औँ पुग्दा पनि सरकारले उनको अनशन तोडाउने प्रयास नगरेको भन्दै कांग्रेसले वार्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको हो । 

जुम्लाबाट पछिल्लो अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यअवस्था बिग्रँदै गएपछि मंगलबार काठमाडौं आएका थिए । प्रशासनले सुरुमा ट्रमा सेन्टरमा लगेर उपचार सुरु गर्न लाग्दा उनले नमानेपछि उनका सहयोगीले मंगलबारै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याएका छन् । 

अनशनका कारण उनको स्वास्थ्य अवस्थासमेत नाजुक बन्दै गएको भन्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर वार्तामार्फत माग पूरा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेका हुन् । 

सरकारले सम्झौता गर्ने, तर कार्यान्वयन नगर्ने रवैया देखाएको आरोप लगाउँदै शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा गोविन्द के.सी.सँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन ।’ 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १८:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया