रामलखन जैसवाल मृत्यु प्रकरण : नेपालमा पहिलोपटक कोरोना संक्रमित मृतकको पोस्टमार्टम हुँदै

कोरोना भाइरसको संक्रमणबाट गत असोज ३ गते मृत्यु भएका रामलखन जैसवालको शवको पोस्टमार्टम हुने भएको छ । नेपालमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको पहिलोपटक पोस्टमार्टम गर्न लागिएको हो । 

भद्रकालीमा रहेको बन्दीगृहमा बिरामी परेर वीर अस्पताल पुर्याइएका उनको गत शनिबार राति १०ः५५ बजे मृत्यु भएको थियो । जैसवालको बिहीबार पोस्टमार्टम हुने भएको हो । 

परिवारका सदस्यले शव हेर्दा शंकास्पद रहेको भन्दै स्वाभाविक मृत्यु मान्न तयार नभएपछि कारागार र अस्पताल प्रशासन पोस्टमार्टम गर्ने निष्कर्षमा पुगेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ४३६ जनाको मृत्यु भइसकेको छ । तर, मृत्युपछि कसैको पनि पोस्टमार्टम गरिएको थिएन । 

जैसवालको मृत्यु विवादित बनेपछि अस्पताल र कारागार पोस्टमार्टमका लागि राजी भएका हुन् । उनको पोस्टमार्टम भएमा नेपालमा कोरोना संक्रमित मृतकको पहिलो पोस्टमार्टम हुनेछ । 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १९:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया