आधिकारिक ट्रेड युनियनको निर्वाचन २७ मंसिरमा

निजामती कर्मचारीहरुको छाता संगठन आधिकारिक ट्रेड युनियनको चुनाव २७ मंसिरमा हुने भएको छ । 

यसअघि २४ असोजका लागि तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले सो चुनाव स्थगित गर्ने निर्णय गरेको थियो । 
 
निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय निजामती कर्मचारी संगठनले विरोध गरेका थिए ।

मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चुनाव २७ मंसिरमा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार २०:२०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया