नेपाल र चीनबीच सीमा विवाद नभएको सरकारको प्रस्टोक्ति

परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद नभएको प्रस्ट पारेका छन् । बुधबार सरकारका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । 

यसअघि हुम्लाको लिमी उपत्यकामा सीमा मिचेर घर बनाएको समाचार २०७३ सालमा आएको भनदै उनले त्यतिवेला पनि सरकारले गृह, परराष्ट्र नापीसहितको छानबिन समिति बनाएको र टोलीले स्थलगत अध्ययन गर्दा चीनले सीमा मिचेको नदेखिएको उनको भनाइ छ । 

त्यतिबेला स्थलगत अध्ययन गर्न गएको टोलीले नेपाल–चीन सीमाभन्दा एक किलोमिटर पर चीनतर्फ चिनियाँ भूभागमै घर बनेको भनेर प्रतिवेदन दिएको प्रवक्ता ज्ञवालीले प्रस्ट्याए । 

अहिले पनि त्यही ठाउँमा घर बनेको भन्दै उनले नेपाल–चीनबीच सीमा समस्या नभएको बताए । उनले भने, ‘कहीँ कतै त्यस्ता समस्या देखिए पनि बसेर छलफल गर्ने सौहार्द्ध सम्बन्ध हाम्रो छँदै छ।’

हुम्लाबाट यसबारे अध्ययन गर्न प्रजिअसहितको टोली त्यहाँ पुगेको छ । टोली फर्किएपछि लिमी उपत्यकाको सीमाबारे थप जानकारी गराउने उनले बताए ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार २०:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया