\


अनशनरत डा. केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन
फरकधार / ८ असोज, २०७७
यो सामग्री सेयर गर्नुहोस्

डा. गोविन्द केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । ११ दिनदेखि अनशनरत केसीको बिहीबार स्वाब संकलन गरिएको हो । ट्रमा सेन्टरबाट 
मंगलबार  त्रिवि शिक्षण अस्पताल पुगेका केसीले जनरल वार्डमै रहेर अनशनलाई निरन्तरता दिएका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ नगरपालिकाको एक मन्दिरबाट केसीले यही भदौ २९ गते १९ औं अनशन सुरु गरेका थिए ।

उनको स्वास्थ्यलाई ध्यान दिँदै प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । उनी  जुम्लाबाट सोमबार नेपालगन्ज र मंगलबार काठमाडौं आएका थिए । 
 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १६:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया