सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता साह्पोर अहमाडजैले बिहीबार दिएको जानकारीअनुसार देशको पूर्वी लोगार प्रान्तअन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले चलाएको कारबाहीमा उनीहरु मारिएका हुन् ।
झण्डै दुई साताअघि सो स्थानमा तालिबान लडाकूहरुले आक्रमण गरेका थिए । सरकारी पक्षबाट भएको पछिल्लो कारबाही सोही आक्रमणको जवाफी हमला भएको बताइएको छ ।
बुधबार सैनिक र प्रहरीको टोली परिचालन गरिएको र सोही कारबाहीका क्रममा १३ जनाको मृत्यु भएको पनि उनले स्पष्ट पारेका छन् ।
सुरक्षा अधिकारीहरुले सुरक्षा कारबाहीका क्रममा आफ्नोतर्फ भने कुनै क्षति नभएको दाबी गरेका छन् । तालिबान विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।