\


डा. केसीको सत्याग्रहमा आवासीय चिकित्सक संघको ऐक्यबद्धता
फरकधार / ९ असोज, २०७७
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा आवासीय चिकित्सक संघ नेपालले ऐक्यबद्धता जनाएको छ । आवासीय चिकित्सक संघले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएको जानकारी दिएको हो । 

संघले डा. केसी अनशन बसेको आज १२ दिनभइसक्दा पनि सरकारले वार्ताका लागि चासो नदेखाएकोमा आपत्ति जनाएको छ । साथै, संघले सरकारले उनका माग तत्काल चासो नदेखाए आफूहरु कडा आन्दोलनमा उत्रिने पनि चेतावनी दिएको छ । 

‘तत्काल वार्ता गरी समस्या समाधान तथा डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्नुको साटो सरकार उदासीन रहेकाले विरोध स्वरुप आज मिति २०७७–६–९ बाट सम्पूर्ण आवासीय चिकित्सकहरू कालो पट्टी बाँधेर काम गर्नेभन्दा कडा कदम चाल्न बाध्य हुने कुरा जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा उल्लेख छ । 

संघले सत्याग्रहमा न्यायको पक्षमा उभिएर साथ दिन समस्त विद्यार्थी, नर्सिङ र कर्मचारीवर्गलाई विज्ञप्तिमार्फत नै अनुरोध गरेको छ । 



डा. केसी १२ दिनदेखि आमरण अनशनमा छन् । उनको यो १९ औं अनशन हो ।



  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार १३:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया