कोरोना संकटमा ७७ हजार नेपाली स्वदेश फर्किए
फाइल तस्बिर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण सुरु भएपछि रोजगारी र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका करिब ७७ हजार नेपाली स्वदेश फर्किएका छन्। 

कोभिड-१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म ३२ देशबाट ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका हुन्। 

कोरोना संक्रमणपछि जागिर गुमेका, अत्यावश्यक काम पर्ने, बस्न र खाने अवस्था नभएका नेपालीलाई नेपाल सरकारले उद्धार गरेको हो। अहिलेसम्म स्वदेश फर्किनेमध्ये यूएईबाट सबैभन्दा बढी २२ हजार २१४ जना रहेका छन्। 

सीसीएमसीका अनुसार अहिलेसम्म साउदी अरेबीयाबाट ११ हजार ८१९,  मलेसियाबाट ११ हजार ८१९, कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५,  दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट  १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन्।

केन्द्रका अनुसार सबैभन्दा बढी यूएईबाट २२ हजार बढी फर्किएका छन् भने सबैभन्दा कम श्रीलङ्काबाट ५ जना नेपाल आएका छन्। 

यसरी स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ५४६, प्रदेश २ का ११ हजार ९०९, बाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश  ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका  १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ। 



केन्द्रले फर्किएकामध्ये आठ हजार बढीको प्रदेश विवरण भने राखेको छैन।
 



  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार ७:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया