कोरोनाभाइरसका कारण नेपालमा दोस्रो सैनिक जवानको मृत्य

कोरोनाभाइरस (कोभिड १९) का कारण नेपालमा दोस्रो सैनिकको पनि मृत्यु भएको छ । कोरोनाका कारण काठमाडौंको वीरेन्द्र अस्पताल, छाउनीमा एक जवानको मृत्यु भएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार शुक्रबार उपचारका क्रममा यी सैनिक जवानको निधन भएको हो । 

६ असोजमा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आइसियूमा उपचाररत यी सैनिक जवानमा ८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

यसअघि नेपालमा थप अर्का एक सैनिक जवानले पनि काठमाडौंमा नै कोरोनाका कारण ज्यान गुमाएका छन् । 

सेनामा अहिलेसम्म २ हजारभन्दा बढीलाई कोरोना भइसकेको छ ।





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १४:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया