होम आइसोलेसनबाट अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु

बर्दियामा होम आइसोलेसनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । गुलरिया घर भएका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । 

गुलरिया नगरपालिका–७ का उनलाई असोज ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार भेरी अस्पताल नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो । 

आइसोलेसनमा बसेका बेला स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जानकारी गराएको छ । 


 





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १९:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया