कोरोनाले झापामा थप एकको मृत्यु : शव व्यवस्थापनका लागि कनकाईमा छुट्टै ‘चितास्‍थल’
फाइल तस्बिर

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड-१९ का कारण मृत्यु भएको हो। ​

कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलका अनुसार संक्रमित पुरुषको शनिबार राति विराटनगरमा मृत्यु भएको हो । मृतक पुरुष उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।

कोरोनाले मृत्यु भएका पुरुषलाई विराटनगरबाट झापामा लगेर कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा दाहसंस्कार गरिने मेयर पोखरेलले बताए । 

अहिलेसम्म झापाको कनकाई नगरपालिकाका दुई जना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थल बनाइएको छ । ​

कनकाईमा रहेका पाँच चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाका लागि छुट्याइएको पोखरेलले बताए झापामा कोरोनाका कारणा अहिलेसम्म सातजनाको मृत्यु भएको छ । 

देशभर ७१ हजार ८२१ संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा थप एकको मृत्यु भएसँगै मृतकको संख्या ४६८ पुगेको छ । 
 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १०:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया