भाजपाका संस्थापक सदस्य पूर्वमन्त्री जसवन्त सिंहको निधन

भारतीय जनता पार्टी (भाजपाका) संस्थापक सदस्य एवम् भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन भएको छ । 

भाजपाका एक संस्थापक सदस्यसमेत रहेका सिंहको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो । 

सिंह अटल विहारी बाजेपेयीको सरकारमा विदेश, रक्षा र वित्त मन्त्री थिए । उनी भारतीय सेनाका पूर्व मेजरसमेत हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

मोदीले ट्विट गर्दै सिंहको निधनप्रति दुःख व्यक्त गरेका हुन् । सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै मोदीले उनले गरेको देशको सेवाको सम्झना गरेका छन् । 

६ वर्षअघि घरमै बाथरुममा लडेपछि सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोको चोट निको नहुँदा उनी लामो समयदेखि कोमामा रहेको र आइतबार निधन भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।  





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १०:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया