साताको पहिलो दिन आइतबार सुनको मूल्य ६ सय घट्यो

यो साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँ घटेको छ । ६ सय रुपैयाँ घटेर सुन तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो हप्ता साता दिनमा सुन तोलामा ३ हजार एक सय रुपैयाँ घटेको थियो । अघिल्लो आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा नाफा सुरक्षित गर्नको लागि सुन बिक्रीमा आएकाले मूल्य घट्दै गएको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आइतबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार जाँदी तोलामा ४० रुपैयाँ बढेको थियो  ।  





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार ११:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया