शिक्षकलाई विद्यालयमा पुग्न सरकारको निर्देशन
फाइल फोटो

तत्काल आफू कार्यरत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकाले शिक्षक तत्काल विद्यालयमा पुग्नुपर्ने बताए ।

शिक्षकको कोरोना भाइरस बिमा गरिएको स्पष्ट गर्दै मन्त्री पोखरेलले सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षक तत्काल विद्यालयमा पुग्नुपर्ने बताए । शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उनको भनाइ छ ।

अभिभावकसँग सम्पर्क कायम गरी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको कार्यान्वयनमा जुट्न समेत उनले आह्वान गरे ।

सरकारले निजी विद्यालयलाई न्यूनतम शुल्क लिन सक्ने बाटो खोलिदिएको स्पष्ट गर्दै मन्त्री पोखरेलले स्थानीय तहसँगको समन्वयमा शुल्कको विषय कार्यान्वयनमा ल्याउन आग्रह गरे । न्यूनतम सिकाइको सुनिश्चितता गर्दै समयमै शैक्षिक सत्रको सदुपयोग गर्ने योजना रहेको उनको भनाइ छ । 

मन्त्री पोखरेलले कोरोना संक्रमण नभएको स्थानमा विद्यालय खोल्ने कुरामा हतार नगर्न समेत आग्रह गरे । कात्तिकसम्म कोरोना सङ्क्रमण बढ्ने अवस्था देखिएकाले तत्काल भौतिक रूपमा विद्यालय खोल्न हतार नगर्न र वैकल्पिक विधिबाटै सिकाइ बढाउन उनले स्थानीय तहलाई आग्रह गरे ।





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १४:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया