\
डा. गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अनशनरत केसीको गत बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तीन दिनपछि आएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ नगरपालिकाको एक मन्दिरबाट केसीले यही भदौ २९ गते १९ औं अनशन सुरु गरेका थिए ।
उनको स्वास्थ्यलाई ध्यान दिँदै प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । उनी जुम्लाबाट गत सोमबार नेपालगन्ज र मंगलबार काठमाडौं आएका थिए ।
विमानस्थलबाट सोझै ट्रमा सेन्टर लगिएका केसी हाल त्रिवि शिक्षण अस्पतालको जनरल वार्डमै रहेर अनशनलाई निरन्तरता दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।