यो साता विदेशमा कोरोनाबाट २१ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट यो साता थप २१ नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको हो । साथै १७ देशमा रहेका २६५ जना नेपालीको कोरोनाको संक्रमणका कारण ज्यान गएको छ । 

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोनाबाट संक्रमति भएका हुन् ।  तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।  

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोनाको संक्रमण देखिएको हो ।   

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ जनाको  मृत्यु भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ८८ हजार ९१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १६:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया