मकवानपुरमा खोलाले बगाउँदा दम्पतीको मृत्यु

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । उनीहरुको आइतबार मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय मकवानपुर गढीका अनुसार मकवानपुरगढी ६ बाट वडा नं ३ तर्फ जाने क्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको हो ।

खोलाले बगाएर उनीहरुलाई ६० फिट तलसम्म पुर्याएको थियो । अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको बहाव तीव्र छ ।

यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीनजनाको मृत्यु भएको  थियो ।
 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १६:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया