लागुऔषधबारे सोधपुछ गर्दा पटक-पटक रोइन् दीपिका, फोन जफत

लागुऔषधको प्रयोग र कारोबारका विषयमा भारतको लागूऔषध नियन्त्रण ब्युरो(एनसीबी) सोधपुछका क्रममा अभिनेत्री दीपिका पादुकोणले पटक-पटक आँसु झारिन। 

दीपिका पादुकोण र उनकी मेनेजर करिश्मा प्रकाशलाई आमने-सामने राखेर एनसीबीका अधिकारीहरुले प्रश्न गरेका थिए । उनीहरूको च्याटका विषयमा केरकार गर्दा दुवैले त्यो साधारण रोल्ड सिगरेट मात्रै भएको बताए।  दीपिका सुरुमा प्रश्न गर्दा आत्तिइन् र गोलमटोल जवाफ दिइन् । पछि उनी रुन थालिन् । एनसीबीका अधिकारीहरुले नरोइकन सत्य जवाफ दिन आग्रह गरिरहेका थिए । प्रश्न गर्न नरोकिएपछि उनी पटक-पटक रोएकी थिइन् । 

एनसीबीले दीपिका पादुकोणको फोन जफत गरेको छ । डाटा रिकभर गरी सत्य कुरा पत्ता लगाउने तयारी गरेको छ । साथै  सारा अली खान, श्रद्धा कपूर, रकुलप्रीत सिंह, करिश्मा प्रकाश, सिमोन खन्बाटा र जया साहको फोन पनि नियन्त्रणमा लिइएको छ । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १०:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया