कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।
सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भए पनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए ।
कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुन: बुकिङ सुरु गर्न नाकाले प्याराग्लाइडिङ कम्पनीहरुलाई निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको नाकाका महासचिव बलराम आर्चायले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।