कोरोना संक्रमणका कारण पर्साका अहेवको काठमाडौंमा मृत्यु

कोरोना संक्रमणका कारण नेपालमा थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्सामा सिनियर हेल्थ असिस्टेन्ट पदमा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । 

महोत्तरी घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत उनको सोमबार बिहान मृत्यु भएको हो । उनी एक साताअघि रुघाखोकी र ज्वरो आएपछि बिदा लिएर महोत्तरी गएका थिए ।

कोरोना लक्षण देखिएपछि जनकपुर प्रादेशिक प्रयोगशालामा परीक्षण गराउँदा उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । थप उपचारको लागि काठमााडौं लगिएकोमा उनको सोमबार मृत्यु भएको हो ।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १९:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया