असोज ८ गते र ११ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत असोज ८ गते र ११ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । 

त्यसक्रममा उनले सरकारले कोरोनाको जोखिम कम भएका कारण निषेधाज्ञा खोलेको नभई दैनिक जीवन सहज बनाउनका लागि मात्रै खोलिएको बताए । 

यो वेला सबैले सतर्कता अपनाउन जरुरी रहेको बताउँदै उनले आवश्यक नपरी कोरोना परीक्षण गर्नु नपर्ने पनि बताए ।    

बहालमा बस्नेहरुलाई घरधनीले परीक्षणका लागि दबाब दिएको गुनासो आएको भनदै उनले मापदण्डविपरीत पिसिआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरे । 

बैठकका निर्णय सार्वजनिक गर्दै उनले ग्रामीण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि ५ सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिए । सो समिति अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा गठन भएको उनले बताए । 

मन्त्रिपरिषदका सबै निर्णय यस्ता छन् :



 



  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार २०:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया