सरकार रामदेव र वामदेवको व्यवस्थापनमा, जनताको जिम्मा पशुपतिनाथलाईः कांग्रेस नेता गुरुङ

नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकार जनताको सेवामा भन्दा कहिले ‘रामदेव’को मन्दिर र कहिले ‘वामदेव’को व्यवस्थापनमा व्यस्त भएको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङले कोरोनाको महामारीमा पनि सरकारको प्राथमिकतामा जनता नपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

परापूर्वकालको राजतन्त्रमा जनताको जिम्मा पशुपतिनाथलाई छाड्ने गरिएको भन्दै उनले गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडेको आरोप लगाए । 

उनले लेखेका छन्– सरकार कहिले ‘रामदेव’को मन्दिर निर्माणमा र कहिले ‘वामदेव’को व्यवस्थापनमा व्यस्त छ। जनताको व्यवस्थापन त परापूर्व कालदेखि पशुपतिनाथकै जिम्मामा छँदै छ । तत्कालीन राजाहरुले ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भन्थे । गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडिदिएका छन् ।’





  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १६:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया