सामूहिक बलात्कारविरुद्ध भारतीय कलाकार, मुक्का देखाएर विरोध

भारतको उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारको सिकार भएकी एक बालिकाको बलात्कार भएको पन्ध्रौँ दिनमा उपचारका क्रममा मृत्यु भयो । बलात्कारपछि बालिकाले बोल्न नसकोस् भनेर बलात्कारीले उनको जिब्रोसमेत काटिदिएका थिए । यति मात्र होइन, उनको मेरुदण्ड पनि तोडिएको थियो । घटनाको नौ दिनपछि  होसमा आएकी बालिकाले इसारामार्फत आफूमाथि भएको अमानवीय घटनाबारे बयान दिएकी थिइन् । 

अहिले यस घटनाको विरोधमा भारतीय कलाकार खरो रुपमा उत्रिएका छन् । अक्षयकुमार, कंगना रनावत, ऋचा चड्ढालगायत कलाकार यसको विरोधमा सामाजिक सञ्जालमा उत्रिरहेका छन् । 

ऋचा चड्ढाले यो घटनालाई लिएर दुःखी हुँदै ट्विटरमा लेखेकी छन्, ‘हरेक मान्छेलाई सम्मानसाथ बाँच्न पाउने अधिकार हुन्छ । यी अपराधीलाई कडा सजाय होस् ।’ ऋचाले ‘जस्टिस फर हाथरस भिक्टिम’ ह्यासट्याग गरेकी छिन् । 

अर्का कलाकार अक्षरकुमारले पनि ट्विटरमा लेखेका छन्, ‘हाथरसको यो क्रूर घटना देखेर निकै आक्रोशित र बेचैन भएको छु । हाम्रो कानुन यति कडा होस् कि बलात्कारीले सजायबारे सोच्दै ऊ काँपोस् । यी अपराधीलाई फाँसीमा चढाइयोस् ।’



त्यस्तै, कंगना रनावतले उक्त घटनाकी दोषीलाई न्याय माग्दै लेखेकी छिन्, ‘यी बलात्कारीलाई सार्वजनिक स्थलमा ल्याएर गोली हान्नुपर्छ । हरेक वर्ष बढ्दै गइरहेको यो समस्याको समाधान के हो आखिर ? यस्ता घटनाले देशलाई पिरमाथि पिर भइरहेको छ । हामी आफ्ना सन्तानलाई जोगाउन सकिरहेका छैनौँ ।’



 

  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १७:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया