चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनलाई चुनावी मसला नबनाउन अमेरिकी राष्ट्रपतिका दुवै उम्मेदवारलाई चेतावनी दिएका छन् ।
आगामी नोभेम्बर ३ मा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दै छन् भने डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेन मैदानमा छन् ।
उनीहरु दुवैले चीनलाई चुनावी मसला बनाएर भोट मागिरहेको भन्दै चिनियाँ राष्ट्रपतिले चेतावनी दिएका हुन् ।
चुनावी प्रचार–प्रसारमा लागिपरेका ट्रम्प र बाइडेन दुवैले चीनलाई चुनावी एजेन्डा बनाएर एक–अर्काविरुद्ध दोषारोपण गरिरहेका छन् ।
ट्रम्पले चुनाव आउनै लाग्दा चीनविरुद्ध आक्रामक बनेका छन् भने बाइडेनले ट्रम्प चीनको अगाडि कमजोर साबित भएको भन्दै आफू सत्तामा आएमा अमेरिका बलियो हुने दाबी गरिरहेका छन् ।
चुनावी नाटकबाट चीनलाई बाहिरै राख्न चेतावनी दिँदै पिपुल्स डेलीसँगको अन्तवार्तामा सीले भनेका छन्, ‘अमेरिकी निर्वाचनमा चीनलाई खतरा मानेर अमेरिकी फाइदाको सुरक्षा गर्नु अपेक्षित योजना हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।